“विना काम सौराहाको, ठण्डीमा, झुलाइयो, के हो बन्द्सत्र अलपत्र, – दुर्गा प्रसाईं”
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

“कम्युनिष्ट पार्टीको महाधिवेशनमा, विचार,सिद्धान्त र कार्ययोजना तथा मूल्यमान्यता,लाई तिलाञ्जली दिइएपछि के के न नयाँ देख्न पाइन्छ, भन्दै बसा,इँ सर्नेलाई कस्तो लाग्ला ?

“युवा पुस्ता स्वयंले ले सिक्न पाउला ? हुन तः ती पक्षमा ध्यान दिनको लागि महाधिवेशन प्रतिनिधिको छनौटदेखि नै विधि पुर्याउनुपर्ने हुन्छ । तर आफ्ना भएपछि जस्तालाई पनि टिप्दाको परिणाम अहिले एमाले महाधिवेशन सौराहामा देखिएको छ ।”

“एकातिर नेताहरु भीम रावल, घनश्याम भुसाल पार्टीभित्र विचार र पध्दतिको वकालत गरिरहेका छन् । हिजो बिहानदेखि शुरु हुने भनिएको बन्द सत्र अनेक सरसल्लाह गर्दागर्दै अपरान्ह ४ बजेमात्र थालिएको थियो ।”

“साँझ गरमागरम बहस र आलोचना भएपछि आज बिहान १० बजेसम्मलाई बन्द सत्र स्थगित गरिएको छ ।एकथरि प्रतिनिधिलाई भने बन्द सत्र किन लम्बियो,नेताहरुबीच किन वादप्रतिवाद भइरहेको छ, विवादको चुरो के हो भन्नेबारे कौडी थाहा छैन ।”

“एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट पात्रको रुपमा झापाबाट गोदावरी र चितवन दुबैतिर प्रतिनिधि मनोनीत र मार्सी उपनामले चर्चित दुर्गा प्रसाईले सौराहामा भइरहेको पार्टीको बन्द सत्रवारे आफूलाई केही थाहा नभएको बताएका छन् ।”

“आफू यस्तो कार्यमा अहिलेसम्म संलग्न नभएको भन्दै प्रसाइँले थपेका छन्, ‘बन्द के हो,सत्र के हो मलाई थाहा छैन ।दुई दिनदेखि सबैले भात खाने र घाँटीमा कार्ड झुण्डाउने बाहेक केही गरेको छैन ।’ उनले अगाडि भनेका छन्, ‘यहाँ केही काम भएको छैन ।”

“अहिलेसम्म केही भएको छैन । सहमति गर्नु थियो भने यसरी भेला गर्नु हुँदैन थियो । सबैभन्दा राम्रो पक्ष चुनाव हो । चुनाव गरेर नेतृत्व छान्नु पर्छ ।’

तपाईको प्रतिक्रिया