“माओवादी,बाट एमाले बनेका, नेताहरू ,पनि चुनावमा, प्रतिस्पर्धा, रोचक बन्दै”
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

“काठमाण्डाै – नेकपा एमाले,को दशाैँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राखेको, प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उहाँहरू निर्विरोध चयन हुनुभएको हो ”

“एमालेको केन्द्रीय निर्वाचन, कार्यालयले औपचारिक रूपमा निर्वाचित, भएको घोषणा, भने गरेको छैन ।

“अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने चुनाव हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा र अष्टलक्ष्मी शाक्यको नाम ओलीले सर्वसम्मत गर्न प्रस्ताव गरे पनि नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि चुनाव हुने भएको छ ।

“उपाध्यक्षमा पूर्वमाओवादीका तर्फबाट रामबहादुर थापा बादलले पनि चुनावको सामना गर्नुपर्ने भएको छ । एमालेकै दुई खेमा र माओवादीबाट एमालेमा आएका बादलबीच हुने प्रतिस्पर्धालाई निकै महत्त्वका साथ हेरिएको छ ।”

“यस्तै सचिवमा अध्यक्ष ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रस्ताव गरेपनि टङ्क कार्की र भीम आचार्यले पनि उम्मेदवारी दिएपछि चुनाव हुँदैछ । सचिवमा सात जनाको लागि नौ जनाको उम्मेदवारी परेको छ ।”

“सचिवमा पूर्वमाओवादीका लेखराज भट्ट र टोपबहादुर रायमाझीले पनि यत्तिकै सचिव पद नपाउनुहुने देखिएको छ । अध्यक्ष ओलीले सर्वसम्मत गराउन खोजे पनि रायमाझी र भट्टले चुनाव जितेर मात्रै पद पाउने पक्का भएको हो । एमालेकै दुई पक्ष र पूर्वमाओवादी नेताहरूबीच हुने प्रतिस्पर्धा निकै रोचक हुने एमालेका नेता/कार्यकर्ताहरू बताउँछन् ।”

तपाईको प्रतिक्रिया