“ओली र रावलबीच, प्रतिस्पर्धा हुने, यस्तो छ, एमालेको चुनावी, तालिका”
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

“चितवन, १३ मंसिर : नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन् ।”

“ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारीको नाम घोषणा गरेका थिए । तर, यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले र पदाधिकारीमा नसमेटिएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने बताइरहेका छन् ।”

“एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको छ । आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ ।”

“एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने बिहान पौन ११ भित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । बिहान १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका छ ।”

“बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ भने १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आज साँझ ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तय भएको छ ।

(न्युज कारखाना)

तपाईको प्रतिक्रिया