“ओलीका दुई ‘विश्वासपात्र’ नै परेनन् पदाधिकारीमा,दुई जनानै, परे जिल्ल”
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

“एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने दुई नेता पदाधिकारीमा दावेदार भएपछि अटाउन सकेनन् । पूर्वमाओवादीका नेताहरुको व्यवस्थापन गर्नुपर्ने तथा अन्य आकांक्षी समेत धेरै भएपछि ओलीका विश्वास पात्र मानिने गोकुल बाँस्कोटा र महेश बस्नेत पदाधिकारीमा नअटाएका हुन् ।”

“ओलीले बन्दसत्रमा पदाधिकारीको नामावली प्रस्तुत गर्दा बाँस्कोटा र बस्नेतको नाम उच्चारण गरेनन् । उनीहरु दुबै सचिवका दावेदार थिए भने चुनाव चुनावी लबिङमा समेत उत्रिसकेका थिए ।”

“यो पनि :-“ओलीको सूची,लाई चु’नौती, दिँदै तीन जनाले दिए उम्मेदवारी’

“नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।”

“पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ओलीले आफूलाई अध्यक्षका रुपमा प्रस्ताव गर्दै सूची बनाएका छन् । त्यसका विरुद्ध अध्यक्ष पदमा रावलले उम्मेदवारी दर्ता गराएका हुन् ।”

“यस्तै, उपाध्यक्षमा ओलीले युवराज भुसाल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन् । उपाध्यक्ष पदमा घनश्याम भुसालले ओलीको सूचीलाई चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका छन् ।”

“यस्तै सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । उनी पनि ओलीको सूचीमा समावेश छैनन् ।

तपाईको प्रतिक्रिया