“बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”-रेनु दाहाल
2021, November 29th, Monday

admin

काठमाडौं ।नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

माओवादी केन्द्रको पहिलो भर¥तपुर महानगरपालिकाको नगर सम्मेलनको उद्घाटन गर्दै इन्चार्ज दाहालले निष्ठा र उर्जाका साथ पार्टी निर्माणमा केन्द्रित हुुन सबैलाई आग्रह गरेकी थिइन् ।

भरतपुर महानगरपालिका प्रमुखसमेत रहेकी दाहालले पछिल्लो चरणमा काँग्रेस, एमाले तथा अन्य पार्टी परित्याग गरी माओवादीमा प्रवेशको लहर चलेको बताउँदै भनिन्, ‘जनताको आशा र भरोसा अहिले माओवादी केन्द्र नै बनेको छ ।

उनले मुलुकमा अ¥हिले आएको युगा¥न्तकारी परिवर्तन १० वर्षको ऐतिहासिक जनयुद्धकै कारणले आएको बताइन् । उनले माओवादी नै देशको सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरिन् ।

उनले एमाले कम्युनिष्टको नाममा एमाले कलंक रहेको र उसको एकमात्र काम प्रतिगमनलाई संस्थागत गर्ने रहेको बताइन् । दाहालले भनिन् ‘देशलाई संकटबाट मुक्त गर्न लोकतान्त्रिक व्यवस्थाको रक्षा र प्रतिगमनलाई परास्त गर्ने मूल नेतृत्व माओवादी केन्द्र नै हो ।

कार्यक्रममा प्रमुख अति¥थी दाहालले एमालेको १० औँ राष्ट्रिय मेलालाई कुम्भ मेलाको संज्ञा दिदै ओली दम्भ बिनासको बाटोतिर गएको दावी गरिन् ।

भरतपुर मगानग¥रपालिका प्रमुख समेत रहेकी प्रमुख दाहालले माओवादी पार्टी विकासप्रेमी पार्टी हो भन्ने आफूले सफलतापूर्बक पुरा गरेको बता¥इन्। आफूले भरतपुरको बृहत्तर बिकासमा हरपल लागिरहेको भन्दै यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाईआग्रह गरिन् ।

प्रमुख दाहालले भरतपु¥रमा पार्टीको स्थिती सुदृढ बनिरहेको बताउदै इमानदारिताका साथ जनतामा जान आग्रह गरिन् । ‘नहुने कुरा नबोल्ने बोलेको कुरा पुरा गर्ने आफ्नो शैली रहेको र जसका कारण भरतपुरमा सबैको आकर्षण बढेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया