“एमालेमा नयाँ,नेतृत्व चयनका,लागि आज, चुनाव हुने”
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

“काठमाण्डाै – नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ ।”

“हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो ।”

“चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ ।”

“निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लैजानुभएको छ ।”

तपाईको प्रतिक्रिया