“ओलीको ३०१ केन्द्रीय कमिटीमा परेनन् दुर्गा प्रसाईं,निराश हुदै  फन्किएर, बन्दसत्र,बाट बाहिरिए”
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं । झापास्थित बीएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाउने चर्चा थियो ।”

“केन्द्रीय सदस्य बनाउने ओलीको आश्वासनमै नेकपा (माओवादी केन्द्र) निकट रहेका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका थिए ।”

“एमालेले प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गर्यो । प्रसाईं केन्द्रीय सदस्य बन्ने सपना बाेकेर नारायणीकाे तीरमा पुगे । चिनवनमा जारी १०औं महाधिवेशनमा सर्वसम्मत हुने नदेखिएपछि प्रसाईंले केन्द्रीय सदस्यमा उम्मेदावरी पनि घोषणा गरे । उनले ‘ओलीकै आर्शिवाद’का कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताका थिए ।”

“आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ केन्द्रीय सदस्य कमिटीको सूची पेस गरे । ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाए । ओलीले ३०१ जनाको नाम पढिसके, तर, प्रसाईंको नाम आएन ।”

“आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट फन्किएर बाहिरिए । बैठकस्थलबाट बाहिरिएपछि उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘यस्तै हुन्छ । त्यसैले चुनाव गरौ चुनाव गरौ भनेको ।’

तपाईको प्रतिक्रिया