हास्य टेलि शृंखला सक्किगोनी नेपाल टेलिभिजन बाट बाहिरियो! आखिर किन बाहिरियो त? हेर्नूहोस
2020, November 10th, Tuesday

admin

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेली शृंखला सक्किगो नि यतिबेला हिमालय टेलिभिजन पुगेको छ । नेपाल टेलिभिजनले आफूहरूलाई बेवास्ता गरेपछि नेपाल टेलिभिजन छाड्नुपरेको निर्माता कलाकार कुमार कट्टेल (जिग्री)ले बताएका छन् । सोमबार

काठमाडौंंमा एक पत्रकार भेटघाट आयोजना गर्दै जिग्रीले अबबाट हास्यप्रधान टेली शृंखला सक्किगो नि नेपाल टेलिभिजनबाट बाहिरिएको बताए । यसै प्रसंगमा उनले भने, ‘हाम्रो टेली शृंखला गत चैतको दोस्रो साताबाट बन्द भएको हो ।

सक्किगो नि बन्द भएको आठ महिना बितिसक्दा पनि नेपाल टेलिभिजनले कार्यक्रमको प्रसंगमा हामीलाई एकपटक पनि फोन गरेन,’ उनले अगाडि थपे, ‘हाम्रो कार्यक्रम प्रसारण हुने समयमा हामीलाई जानकारी नै नदिई अर्को कार्यक्रम हालेपछि बाध्य भएर अर्को टेलिभिजन जानुपरेको हो ।

नेपाल टेलिभिजनबाट प्रसारण हुनेमध्ये सबैभन्दा बढी टीआरपी दिने कार्यक्रमलाई नै नेपाल टेलिभिजनले बेवस्ता गर्छ भने अरूले कस्तो व्यवहार भोग्नुपरेको होला ?’नेपाल टेलिभिजनबाट लामो समयसम्म टेली शृंखला भद्रगोल प्रस्तुत गर्दैै आएपछि आफूहरूको मिडिया हबसँग सम्बन्ध बिग्रिएको त्यसपछि यो नयाँ टेली शृंखला सक्किगो नि जन्मिएको निर्माता कलाकार अर्जुन घिमिरेले बताए ।

नेपाल टेलिभिजनबाट २५ भागसम्म प्रसारण भइसकेको यो कार्यक्रम आगामी २५ मंसिर बेलुका ८ बजेबाट प्रसारण हुने पनि घिमिरेले जानकारी गराए । अब सक्किगो नि हरेक साता बिहीबार आउने पनि उनले जानकारी गराए ।

तपाईको प्रतिक्रिया