राष्ट्रपती चुनाब हारेपछी, रिसको झोकमा ट्रम्पले रक्षामन्त्री लाई नै बर्खास्त गरे,हेर्नुहोस
2020, November 10th, Tuesday

admin

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भइसके पनि आफ्नो हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।

केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए

अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ । एस्परलाई बर्खास्त गरेलगत्तै मिलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडनले पदभार ग्रहण नगर्दासम्म ट्रम्पले निर्णय गर्न पाउँछन् । बाइडनले आगामी जनवरी २० मा अमेरिकाको ४६ औं राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् ।

तपाईको प्रतिक्रिया