“दसौं हजार, पूर्वलडाकु एमालेमा, प्रवेश,गर्दैछन् : ओली”
2021, November 26th, Friday

हाम्रो खबर संबाद दाता

“नेकपा एमालेका अध्यक्ष, केपी शर्मा ओलीले दसौं हजार पूर्वलडाकु एमालेमा प्रवेश गर्ने तयारी गरेको बताएका छन् । आज पनि लाखौंको, संख्यामा मान्छेहरू एमालेमा प्रवेश गर्न इच्छुक रहेको ,उनको जिकिर थियो ।”

“एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै नेता ओलीले भने, ‘अहिले नेकपा एमालेमा दैनिक रुपमा प्रवेश गरिरहेका छन्। आज पनि यस कार्यक्रममा लाखौं मान्छेहरु एमालेमा प्रवेश गर्नुहुन्थ्यो। तर यो मञ्च, त्यसका लागि हैन।”

“मिल्ने भए यहाँ लाखौं मान्छे प्रवेश गर्नुहुन्थ्यो। अब यो हिउँदभरी एमालेमा प्रवेशको लहर चल्छ। फागुनसम्मै एमालेमा प्रवेशका कार्यक्र,म चल्दै जानेछ,’ नेता ओलीले बताए।यस क्रममा उनले एमालेले नै अब राष्ट्रिय समस्या समाधान गर्नसक्ने दाबी गरेका गरे ।”

“यस्तै नेता ओलीले सूर्यचिन्ह अंकित एमालेको झन्डाको बयान गर्दै सूर्यमा सबै अटाउनसक्ने तर्क गरेका थिए। साथै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि काम गर्न नसकेको भन्दै व्यंग्य गरेका थिए,उनले सत्ता गठबन्धन दलहरूका कारण देउवाले काम गर्न नसकेको टिप्पणी गरे। ‘

“मलाई अप्ठ्यारो पार्नेहरु। मेरा खुट्टा तान्नेहरू उहाँको खुट्टा तान्दैछन्। सायद उहाँ काम गर्न चाहनुहुन्थ्यो होला,’ ओलीले भने।नेता ओलीले आगामी चुनावपछि एमालेले नै बहुमत ल्याएर सरकारको नेतृत्व गर्नै दाबी गरेका थिए।”

तपाईको प्रतिक्रिया