विडम्बना -शिक्षक एमाले महाधिवेशनमा गएपछि पालिकाभरिका सामु’दायिक विद्यालय ब’न्द
2021, November 26th, Friday

admin

काठमाडौं ।चितवनमा जारी एमालेको दशाैँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द भएको बताइएको छ । विद्यालयका प्रधानाध्यापक केही दिनदेखि भ्रमणमा गएको र अधिकांश शिक्षक एमालेको महाधिवे¥शनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको विजयनगरका स्थानीय ते¥जप्रसाद पौडेलले बताए ।

विद्यालयमा परीक्षा सञ्चा¥लन भइरहेको सम¥यमा विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गल¥त भएको पौडेलले बताए । लुम्बिनी प्रदेशको नमुना विद्यालयमा छनोट भएको दुधधारी माविसमेत बन्द भएको स्थानीय जानकीप्रसाद यादवले बताए । शिक्षकहरू खुलेर राजनीतिमा लाग्दा शिक्षा क्षेत्रसमेत बदनाम तथा प्रभावित भएको यादवले बताए ।

विद्यालय बिदा गर्ने जान¥कारीसमेत नगराई शिक्षकहरू महाधिवेशनमा गएका थिए । यता विजयनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे पनि नेकपा एमाको महाधिवेशनमा गएको बुझिएको छ ।

विजयनगरस्थित गुगौलीको दुधधारी मावि, भटनी प्रेमनगरको हरिबोध विद्यालय, गणेशपुरको राम लौटन द्रोपती मावि, डालपुरको शिव मावि, जगदीशपुरको भुव¥नेश्वरी माविलगायतका विद्यालय बन्द भएको बताइएको छ ।त्यस्तै विजयनगर गाउँपालिका कार्यालयका अधिकांश कर्मचारी पार्टीको महाधिवेशनमा गएपछि कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । यो समाचार डिल्लिराम भुसालले नयाँ पत्रीका दैनिकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया