“बीएण्डसीका संचालक, दुर्गा प्रसाईं, एमाले, केन्द्रीय सदस्यमा,!
2021, November 26th, Friday

हाम्रो खबर संबाद दाता

“चितवन– झापास्थित बीएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका हुन् ।”

“प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो । एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीको संगठित सदस्यता लिएको १० वर्ष पुगेको/”

“केन्द्रीय विभाग वा प्रदेश कमिटीमा काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भइसकेको वा जनसंगठनको पदाधिकारी भइसकेको योग्यता चाहिने भनेको छ ।”

“तर प्रसाईंको भने यी कुनै, पनि योग्यता पुग्दैन । प्रसाईंले भने आफू एकता प्रक्रियाबाट आएको र हजुरबा (उनको भाषामा केपी ओली)को आर्शिवादका कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।”

तपाईको प्रतिक्रिया