“चितवन,को नारायणी पुलमा, मान्छे,को ताँती (फोटो फिचर)”
2021, November 26th, Friday

हाम्रो खबर संबाद दाता

“१० मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।”

“एमाले महाधिवेशनमा सहभागी हुन हजारौं सर्वसाधारण चितवन पुगेका छन् । एमाले कार्यकर्ता र शुभेच्छुकका कारण नारायणगढ क्षेत्रमा अत्यावश्यकबाहेकका यातायात बन्द गरिएको छ”

“चितवनको नारायणी पुलमा हजारौं मानिस उद्घाटनस्थलतिर जान लामवद्ध भएका छन् । धेरै मानिसह भएकाले ठेलमठेल गर्दै उनीहरु अघि बढेका छन् । )”

“गाडी बन्द गरेको भनिए पनि नारायणी पुलमा फाट्टफुट्ट गाडी देखिएको छ भने पैदलयात्रीको संख्या अत्यधिक देखिएको छ ।”

तपाईको प्रतिक्रिया