“एकीकृत समाजवादीमा जान, सक्छु, ओली रहुन्जेल, एमालेमा जान्नँ : वामदेव गौतम”
2021, November 25th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ । नेकपा, एमाले परित्याग गरेर बसेका नेता वामदेव ,गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली रहुन्जेल एमालेमा बताएका छन् । एमालेको १०औं राष्ट्रिय महामधिवेशनको अघिल्लो दिन नेता गौतमले बीबीसीलाई अन्तर्वार्ता दिँदै आफु ओली रहुन्जेल कुनै हालतमा एमालेमा नजाने बताएका हुन् ।”

“नेता गोतमले बरु आफुले नयाँ पार्टी खोल्न सक्ने संकेत समेत दिएका छन् । एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको बताउदै उनले बरु त्यसमा प्रवेश गर्ने सम्भावना रहेको बताएका छन् ।”

“नेता गौतमले त्यसलाई नयाँ पार्टी खोल्ने अथवा एकीकृत समाजवादीमा प्रवेश गर्न सम्भावना रहेको समेत बताएका छन् । बिबिसीले राजनीतिक जीवनमा यस्तो वियोगान्त भोग्नुपर्ला वा राजनीतिबाट बहिर्गगमनमा पर्नुहोला भन्ने प्रश्नमा उनले त्यस्तो नहुने बताएका छन् ।”

‘एमालेमा केपी ओली रहँदासम्म म जादिँन, जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीमा समावेश गराउन प्रयत्न गरिरहेको छु, पार्टीमा प्रवेश गर्न सक्छु।’ गाैतमले भने ।”

तपाईको प्रतिक्रिया