“अबको चुनावमा कांग्रेस हाफ, प्रचण्ड – माधव पत्ता साफ” महेश बस्नेत
2021, November 25th, Thursday

admin

काठमाडौं।नेकपा (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सां¥सद महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) का नेताले आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।जनतालाई धोका दिएकाले निर्वाचन पछि कांग्रेस वर्तमान अव¥स्थाको भन्दा हाफ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टी पत्ता साफ हुने नेता बस्नेतको दाबी छ ।

राष्ट्रिय युवा संघ नेपा¥ल केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा आयोजना गरिएको विचार गोष्ठी तथा साइवर सर्कल घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले पाँच दलीय गठबन्धनको सरकार जनादेशबाट नभई परमादेशबाट बनेको सरकार भएकाले देश र जनताको प¥क्षमा नभई दक्षिणपन्थीहरुको इसारामा चलिरहेको आरोप लगाए।

कांग्रेसले मुलुक र जनताको मुद्धालाई त्यागी विदेशी तथा दलाल, भ्रष्ट, अवैध गठबन्धन गरी जनतालाई धोका दिएकाले निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने उनले बता¥ए ।ए¥माले तीन वटै तहको सरकारमा दुई तिहाई मतका साथ विजय हा¥सिल गरि सिंहदरबार प्रवेश गरी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढ्ने उनले जनाए ।

‘वर्तमान सरकारलाई पाँच दलीय भ¥निन्छ तर यो पाँच दलीय हैन, १.४ दलीय गठबन्धन भन्छु । एक भनेको कांग्रेस र पइन्ट ४ भनेको माओवादी, नेकपा एस, जसपा र जनमोर्चा हो । १.४ गठबन्धनको कुनै अर्थ छैन । एमाले जनताको पार्टी हो । आगामी निर्वाचनमा जनताले एमालेलाई दुई तिहाई मतका साथ सिंहदरबार पठाउँनेमा ढुक्क छौ ।

त्यसपछि एमालेले स्थिर स¥रकार साथ समृद्ध नेपाल सुखी नेपालीको अभियानमार्फत देश र जनताको पक्षमा काम गर्ने छ । देशको गुमेको लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता आउने छ । हाम्रो स्वभिमान विश्वसामु अझ उचो बन्नेछ ।

एमालेको १० औं महाधिवेशन¥बाट सर्वसम्मत केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनुपर्नेमा नेता ब¥स्नेतको जोड छ । अध्यक्ष ओली नै मुुलुक र ज¥नताको लागि फादर अफ द नेशन भएको उनले दावी गरे । आगामी निर्वाचन पछि शक्तिसाली प्रधानमन्त्रीको रुपमा आउनेसमेत उनले बताए ।

तपाईको प्रतिक्रिया