पब्जी गेम मोबाइल प्रतियोगिता खेलेर नेपाली युवाले जिते ७० लाख! कसरि? हेर्नुहोस
2020, November 9th, Monday

admin

अन्तराष्ट्रिय प्रतियोगिता जितेर नेपाली युवाहरुको समेहले ७० लाख रुपैया हात पारेका छन् । नेपालकै एक समुह च्याम्पियन भएको छ भने अर्को समुहल पनि रनरअपमा पुगेको छ ।

मोबाइल गेमको अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर यति ठूलो रकम हात पार्न सफल भएको भन्दै नेपाली युवा खुसी भएका छन् ।नेपाली पब्जी टिम एब्रब्ट स्लेयर (एएसएल) ले पब्जी मोबाइल गेम प्रतियोगिता पीएमपीएल साउथ एसिया सिजन टुको उपाधि जितेको हो ।

प्रतियोतिामा पहिलो भएको नेपाली पब्जी टिमले उपाधिसँगै करिब ४७ लाख रुपैयाँ पुरस्कार स्वरुप पाएका छन् । यस्तै नेपालकै अर्को टिम द रियल सोल्जरले पनि रनरअप उपाधिसँगै २३ लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको छ ।

दुवै टिम ग्लोबल च्याम्पियनसीपका लागि समेत छनौट भएको छ ।विश्वका सबै महादेशका खेलाडीहरुले भाग लिने ग्लोबल च्याम्पियनसीप जित्ने टोलीले २० लाख अमेरिकी डलर अर्थात झण्डै २३ करोड नेपाली रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया