महासचिव भन्दा सानो पदमा उम्मेदवारी नदिने नेता सुरेन्द्र पाण्डेको यस्तो घोषणा,,,
2021, November 25th, Thursday

admin

काठमाडौं । नेकपा एमालेका स्था¥यी कमिटि सदस्य सुरेन्द्र पाण्डेले महासचिव पद नपाए अरु पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।महासचिव भन्दा सानो पदमा आफुले उम्मेदवारी नदिने बताएका उनले महा¥सचिव नपाए सबै पदा¥धिकारीलाई मि¥लाएर लैजाने बताएका छन् ।

भोली मंसिर १० गतेबाट सुरु हुन ला¥गेको १० औँ राष्ट्रिय महाधिवेशनको पाण्डे मूल व्यवस्थापन समितिका सहसंयोजक समेत हुन् ।चितवनमा हुन गइ¥रहेको महाधिवशेनमा भाग लिन नेतामहरु चितवन जाने क्रम सुरु भइ¥सकेको छ ।अध्यक्ष केपी शर्मा ओली पनि हब केहि बेरमा नै चि¥तवन पुग्ने भएका छन् ।

यो पनि,,,प्रचण्डको नै किल्लामा एमाले महाधिवेशन हुँदै गर्दा उद्घाटनमा उनी नजाने,,, यस्तो छ कारण,,,,काठमाडौं ।सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनमा उद्घाटन हुने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन्।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्तै पूर्वनिर्धारित कार्य¥क्रम भएकाले प्रचण्ड शुक्रबार चितवन जान नसक्ने भए।

‘भोलि प्रचण्ड कमरेड र मेरो अ¥न्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं,’ श्रेष्ठले भने,‘पार्टीको प्रतिनिधि बनेर कोही नेता जानुहुन्छ। को जानुहुन्छ अहिले टुंगो भइसकेको छैन।’प्रचण्डको सचिवा¥लयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन्।महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए।

२०७५ जेठमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा केपी शर्मा ओली र प्रचण्ड अ¥ध्यक्ष थिए। नेकपामा हुँदा पछिल्लो समय उनीहरूबीच तीव्र मतभिन्नता थियो।सर्वोच्च अदालतको आदेशपछि गत फा¥गुनमा नेकपा बनेका एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्था¥मा फर्किएका थिए।त्यसयता ओली र प्रचण्डले सार्वजनिक रूपमै एक-अर्कालाई चर्को आलोचना गरिरहेका छन्।

चितवन प्रचण्डको गृहजिल्ला हो। भरतपुरमा उनकी छोरी रेनु दाहाल महानगरकी मेयर छन्।एमालेको महाधिवेशन उद्घाटनमा प्रचण्ड जान्छन् कि जान्नन् भन्ने आमचासो थियो।एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भने एमा¥लेले महाधिवेशनको निम्तो नै दिएको छैन।सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार हेलिकप्टरमा चितवन जाँदैछन्। –सेतोपाटी

तपाईको प्रतिक्रिया