“सशस्त्र र नेपाल, प्रहरीका, भान्सामा, ग्यास हटाएर इन्डक्सन, चुलो राख्ने तयारी”
2021, November 25th, Thursday

हाम्रो खबर संबाद दाता

“नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा एलपी ग्यास हटाएर विद्युतीय चुलो राख्न सरकारले प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधबार यी निकायका उच्च अधिकारीहरूसँग छलफल गर्दै ग्यासलाई इन्डक्सनले विस्थापित गर्ने कार्ययोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउन भनेको हो ।”

“ऊर्जामन्त्री पम्फा भुसालको सचिवालय स्रोतका अनुसार बुधबारको छलफलमा सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाल प्रहरीका एसएसपी फणिन्द्र बराल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए ।”

“छलफलका क्रममा विद्युत् खपत तथा वातावरण संरक्षणका लागि स्वच्छ ऊर्जाको प्रयोग बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा कसरी विद्युतीय उपकरणको प्रयोग बढाउन सकिन्छ भनेर राय सुझाव लिइएको थियो ।”

‘मुख्यगरी विद्युत् लाइन नभएका ठाउँमा पूर्वाधार संरचना बनाइदिने, इन्डक्सन चुलो राख्नका लागि लाग्ने खर्चमा केही प्रतिशत अनुदान दिने र महशुल भुक्तानी प्रणालीलाई सहज बनाउने विषयमा छलफल भएको हो,’ सचिवालय स्रोतले भन्यो ।”

“अहिले सुरक्षा निकायका,भान्सामा दाउरा विस्थापन गरी ग्यास प्रयोग हुँदै आएको छ । बुधबार मन्त्रालयसँगको छलफलका क्रममा सशस्त्र प्रहरीको भान्सामा वार्षिक १० करोड रुपैयाँ र नेपाल प्रहरीको भान्सामा वार्षिक ५० करोड रुपैयाँ बराबर ग्यासमा खर्च हुने गरेको विवरण बुझाइएको छ । देशभर सशस्त्र प्रहरीका १ सय ९ वटा युनिट छन् । ग्यासलाई विद्युतलेप्रतिस्थापन गर्ने सरकारको नीतिअनुसार सबै ब्यारेकमा इन्डक्सन चुलो प्रयोगका लागि आवश्यक प्रक्रिया, अगाडि बढाउन भनिएको हो ।

“इन्डक्सन चुलो किन्नका, लागि, कुनै बजेट शीर्षकबाट गृह मन्त्रालयले ५० प्रतिशत अनुदान उपलब्ध गराउन सकिनेबारे पनि छलफल भएको जनाइएको छ । सुरक्षा निकायमा खपत हुने ग्यासलाई विद्युतलेकसरी प्रतिस्थापन गर्न सकिन्छ भनेर विस्तृत अध्ययनसहितको सुझाव दिनका लागि कार्यदल गठन गर्ने निर्णय मन्त्रालयले गरेको छ । उक्त कार्यदलमा गृह, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सुरक्षा निकायको प्रतिनिधित्व हुनेछ ।”

“त्यसैगरी, सेना र प्रहरीको ब्यारेकमा प्रयोग हुने वासिङ मेसिन, एसी, हिटरलगायत विद्युतीय सामग्रीमा हुने खपत महशुल पुनरावलोकन गर्नेबारे पनि बुधबार छलफल भएको जनाइएको छ । ग्यासलाई इन्डक्सनले प्रतिस्थापन गर्ने विषयमा मन्त्रालयले नेपाली सेनासँग पनि छलफल गर्ने तयारी गरेको छ भने बिहीबार नेपाल राष्ट्र बैंकसँग छलफलका लागि बैठक बोलाएको छ ।”

तपाईको प्रतिक्रिया