ज्योतिषशास्त्र अनुसार यस्तो छ सुन लगाउने सही तरिका,,
2021, November 24th, Wednesday

admin

काठमाडौँ।ज्योतिषशास्त्रअनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्छ। सौर्यमण्डलमा भएका ग्रहहरूको धातुसँग सम्बन्ध हुन्छ र ग्रहले धातुअनुसार प्रभाव पार्छ।

तामा, चाँदी, सुन, हीरा लगा¥यतका धातुबाट बनेका आभूषणले हामीलाई सिंगार्छन् पनि, काम बिर्गान पनि सक्छन्। विशेषगरी सुनको महत्त्व धार्मिक तथा शृंगारिक प्रयोगमा बढी नै हुन्छ। जीवन सजाउन चाहनुुहन्छ भन्ने सुन लगा¥उने र राख्ने सही विधि पनि जानिराख्नुपर्छ।

देब्रे हातमा सुन नलगाउनुस् । यसले गर्दा केही व्यक्तिहरूलाई समस्या आउन सक्छ। गोडामा सुनको पाउजु कहिल्यै नलगाउनुस् । अटेरी गरेर लगाउनुभयो भने दाम्पत्य जीवनमा समस्या आउँछ र रोग पनि लाग्छ ।घरमा सुन राख्दा जहिले पनि उत्तरपूर्व दिशा छान्नुस्। कन्तूर, सेफ, अल्मा¥री जहाँ सुन राखेपनि उत्तरपूर्व दिशामै हुनुपर्छ। सुनलाई रातो वा पहेंलो कपडामा बाँधेर राख्नुपर्छ। सुनको साथ केसर पनि राख्नुहोला । यसो गर्दा परिवारमा धनधान्यको समृद्धि हुन्छ।

गर्भवती तथा वृद्ध महिलाहरूले सुन नलगाएको राम्रो हुन्छ। विवाहित दम्पतीको सन्तान भएको छैन भने अनामिका औंलामा सुनको औंठी लगाउनुपर्छ। य¥सो गर्दा ग्रहको कु¥प्रभाव अन्त्य भएर सन्तानप्राप्तिको योग बन्छ।

सुनको अधिपति गुरु बृहस्पति मानिएकाले ब्राह्मण, पुजारी वा गुरुलाई सुन दान गरेको राम्रो हुन्छ। नचिनेको वा अप्रिय व्यक्तिबाट सुन नलिनुस्। सुन भेटिनु र हराइनु दुवै अशुभ हुन्छ । सुन हराउँदा क्लेश वा रोग लाग्छ । अर्काको सुन भेटिँदा चाहिँ घरमा खर्च बढ्छ।

दाम्पत्य जीवनलाई सुखी बना¥उनुछ भने जोडीले सुनको लकेट वा अनामिकामा सुनको औंठी लगाउनुपर्छ।फलाम, कोइला वा शनिसँग सम्बन्धित धातुको काम गर्नेहरूले सुन लगाउनुहुँदैन । यसो गर्दा व्यापारमा घाटा लाग्छ । लगाउनैपरे ज्यो¥तिषसँगको सल्लाहमा लगाउनुस्।

सुनले ऊर्जा र गर्मी दुवै उत्पन्न गर्छ । रुघाखोकी लागिरहन्छ भने कान्छी औंलामा सुनको औं¥ठी लगाउने गर्नुस् । सुनपानी पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ। कम्म¥रमा सुन नलगाउनुहोला। लगाउँदा पाचनप्रणाली गडबड हुन्छ । पेटसम्बन्धी अन्य समस्या पनि आइलाग्छ।

मोटोपनको समस्या भएका अनि असाध्यै क्रोधी मा¥निसले पनि सुन लगाउनुहुँदैन। सुन कहिल्यै अपवित्र हुँदैन । चोख्याउनका लागि सुनपानी छर्किने चलनै छ। –भारतीय वेबसाइटबाट

तपाईको प्रतिक्रिया