माधव नेपाल भन्छन् ,”नेकपा एमालेले जनता र देशलाई भुलेर गलत बाटोमा हिँडेपछि त्याग्नु परेको हो”
2021, November 24th, Wednesday

admin

धनुषा।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर ग¥लत बाटोमा लागेपछि नेकपा एमालेलाई त्या¥ग्नुपरेको बताउनुभएको छ ।धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भन्नुभयो, “नेकपा ए¥माले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो।”

अध्यक्ष नेपालले अहिले सत्य र न्याय¥का लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भन्नुभयो, “न्याय र सत्यको जित अवश्य हुनेछ ।” नेपालले आफू ५२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै भ¥न्नुभयो, “ठूला ठूला काम गरेका छौँ । राजाको शासन उखेलेर फाल्यौँ ।”उहाँले हिन्दी शैलीमा भन्नुभयोे, “जो हमसे टकराएगा चुर चुर हो जा¥एगा ।” उहाँले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताउनुभयो ।

अध्यक्ष नेपालले नेकपा ए¥कीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाउनुभयो । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उहाँको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चि¥ह्न कलम लिएर जनतामाझ आएको उहाँको भनाइ थियो ।

उहाँले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिँचाइ र मलखादको व्यवस्था गर्ने पनि बता¥उनुभयो । नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडि दौडिन नहुन कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताउनुभयो ।

अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताउनुभयो । उहाँले विभिन्न पार्टीको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गर्नुभयो ।अध्यक्ष नेपालले राज्यसँग जोडिएका का¥मलाई सर¥कारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पु¥याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा नेपालले राष्ट्रियस¥भामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।अध्यक्ष नेपालले मुलुकमा सङ्घीयता, लोकतन्त्र तथा समावेशी¥ताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका लागि वर्तमान गठबन्धनको सरकार बनेको जिकिर गर्नुभयो । गठबन्धन आउँदो चुनावसम्मै कायम रहने पनि नेपालले बताउनुभयो ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औप¥चारिकरूपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभयो । समाजवादीले झालाई यसअघि नै पार्टी सचि¥वालय सदस्यमा मनोनीत गरिसकेको थियो । पार्टीले कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो ।

झासहित दुई ह¥जारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरिएको छ । झालाई समाजवादीका अध्यक्ष नेपालले फूल माला लगा¥एर पार्टीमा स्वागत गर्नुभयो । यस्तै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रबाट वरिष्ठ दन्त चिकित्सक डा अजयकुमार झाको नेतृ¥त्वमा नेपाली कां¥ग्रेस परित्याग गरेर करिब ५०० समाजवादीमा प्रवेश गरेको पनि पार्टीले दाबी गरेको छ । डा झा नेविसङ्घ धनुषाका जिल्ला अध्यक्षसमेत भइसक्नुभएको छ ।- (रासस)

तपाईको प्रतिक्रिया