कल्पाना दाहाल भन्छिन,”नक्कली फेसबुक आइडी र युट्युब च्यानल बनाउने लाई कारबाही गर्छु,तुरुन्तै हटाईदिनुहोस प्लीज मेरो आग्रह छ “
2020, November 9th, Monday

admin

काठमाडौ ।चर्चित कार्यक्रम इन्द्रेणीमा पब्लिक स्पिकर सिजन -२ का विजेता एवम् प्रखर वक्ता रमेश प्रसाईं सँग दोहोरी गित गाएर एका एक सबैमाझ भाईरल भएकी गायिका कल्पना दहाल आफ्नो फेक अकाउन्टबाट अनेकौं गरेकोमा दुखित छिन् ।

सामाजिक संजालमा लेख्दै यस्तो भनेकी छिन् :

गायिका दाहालले“मेरो सक्कलि फेसबुक आईडि सक्कलि युटुब च्यानल सक्कलि फेसबुक पेज यहि हो तल फोटो हालेछु है लाईक शियर सस्क्राईब गरिदिनुस हस!

सम्पुर्ण मेरा आफन्त साथिभाई सुभचिन्तक ज्यु हरु मा मेरो नमस्कार आज म यहाँहरु माझ के भन्न चाँहान्छु भने मलाई मेरा जति पनि भगवान रुपि दर्शक स्रोताले फलो गरिरहनु भाछ र यँहाहरुकै मायाँ साथ पाएर आज म कल्पना दाहाल भएकि छु कला गला भन्ने कुरा आफ्नो ठाउँमा छ ।

र यँहाहरुले यति पनि बुझ्न ज’रुरि छकि कृपया नझुक्किनु होला यहाँहरु लाई जानकारि गराउँदै छु मेरो नाममा मेरो फोटो टिक टक भिडियो हरु राखेर धेरै फेसबुक आईडि फे’सबुक पेज नक्कलि युटुब च्यानल हरु खोल्नु भाकोछ ।

मलाई मायाँ गरेर खोल्नु भाको हो भने मैले गालि खाने ढङ्गले किन फोटो पोस्ट गर्नु हुन्छ किन स्ट्याटस लेख्नु हुन्छर प्लिज यस्तो नगरिदिनुस्न । मैले कहिले पनि मेरो फेसबुक पोस्टमा म कस्ति देखिएकि छु मेरो जोडि कस्तो लाग्यो

मलाई कति लाईक मेरो जोडिलाई कति लाईक कमेन्ट भनेर कहिले पनि लेखेकि छैन । जोडि भन्ने कुरा भाग्यले जुराएसि लगन आएपछि देखाई हाल्छुनि किन हतार …?मेरो कुनै पनि पोस्टमा आफैँले आफैँलाई मँपाई भनेकि छैन बुझ्नु होला है ।

मैले एउटा पोस्ट देखेँ कल्पना दा’हाल नाम गरेकै आइडि बाट मेरो जोडि कस्तो देखियेको छ भनेर मेरो आदरणीय व्यक्तित्व दादा या साथिभाई हरु सँङ्ग बसेको फोटो राखेको रैछ । अनि त्यो पोस्टको कमेन्ट पढेँ धेरै दुख लाग्यो रमेश लाई धोका दिएर अरु सँङग जोडि कस्तो भन्न लाज लाउदैन रे!!

अनि मैले रमेश प्रसाई बाहेक अरु सँङ्ग गित गाउँनै हुन्नरे टिकटक बनाउँनै हुन्नरे !! र रमेश प्रसाईले ज्यु ले पनि म बाहेक अरुसँङ मायाँ पिरिम का गित गाउँन हुँदैन अरे सुहाउँदैन अरे !!कमेन्ट त ओहोओहो केके हो केके । के यहि होत हजुर हरुलाई हामि प्रतिको मायाँ …? हामि नेपालि हरु यस्तै सोच हरुले गर्दात पछि परेका हौँ नि । मैले बुझ्न नसकेको कुरो ।

मेरो त गित गाउने पेसा हो जो सँङग पनि गित गाउँनु पर्छ कहिले मायाँका कहिले मिलन कहिले बिछोड का ।र कहिले लगन का कहिले तिहार का … हे भगवान हजुर हरु ले गित संङित कस्तो भनेर बुझ्ने मान्छेले यति कुरानि बुझ्दिनुस्न म पनि एउटि नारि हुँ चेलि हुँ इज्जत प्रतिस्ठा भन्ने कुरा सबैको हुँन्छ ।

दुनियाँ को तालि पाउँदा रमाउने मन कसै कसैले नबुझेर गालि गर्दा मेरो मन कति रोएको होला एक पटक सोच्नुस्त प्लिज हजुर हरु एक चोटि मेरो ठाउँमा बसेर हेर्नुस्त ..अरुले जे बोल्दानि हुँने रे मैले चाँहि केहि मनमा लाको कुरा बोल्योकि मैले गालि खानु पर्नेरे यो काँहाको नियम हो …? मेरा पनि त आफ्ना इच्छा आकाङ्क्षा सोचाई बुझाई हरु होलान नि हैनर…?

मैले जिन्दगि को बारेमा केहि सोच्न बोल्न नपाउँने …? तेसैले मेरो नामको आईडि हरु सहि तरिकाले नचलायेर गलत तरिकाले मलाई गालि खु’वाईरहनु भाछ भने जसले गल्ति गर्नु भाछ उसैले कानुन बमोजिम कडा भन्दा कडा का’र्बाहि पाउँनु हुँनेछ । अहिले लाई यति भन्दा भन्न चाँहान्न अरु आफैँ बुझ्नु होला धन्यवाद ।। गलत गर्ने हरुको लागि मात्रै है यो जा’नकारि अरु नरिसाउनु होला।”

सेलिब्रेटी भए पनि कोहीँ कसैको आईडीहरु बनाई गलत रुपले प्रयोग गर्नु कानुनी फन्दामा फस्नु हो त्यसैले गर्दा यस्तो कार्य नगरौं

तपाईको प्रतिक्रिया