“टिकटकमा मुठीमा, पैसा लिएर दु:खी,लाई मलहम लगाउने यिनै हुन् पोखराकी, २४ वर्षिया नेपाली चेली, गिविना”
2021, November 24th, Wednesday

हाम्रो खबर संबाद दाता

“छोटो समयमैटीकटक क्रेज नेपालमा यति चाँडो बढ्यो कि राजनीतिज्ञदेखि भुइँमान्छे समेत यसबाट अछुतो छैनन् । आफ्ना भावना र सन्देशलाई १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडिओमा कैद गर्ने होड यतिबेला छ । यो चिनियाँ एपको प्रयोग मनोरञ्जनमात्र हैन”

“त्यो भन्दा पर छ । पछिल्लो पुस्ताले टीकटकको बहुप्रयोग गर्न थालेको छ । समाजसेवा, ब्रान्ड प्रवद्र्धन, सूचना, समाचारदेखि मनोरञ्जनसम्म यो चिनियाँ एपको प्रयोग भैरहेको छ ।”

“केहीले चाहिँ यसलाई समाजसेवाको प्लेटफर्मको रुपमा विकास गरिरहेका छन् । ‘टीकटक समाजसेवा’ प्रविधिले ल्याएको यो पछिल्लो सामाजिक ट्रेन्ड पनि हो जसलाई पछ्याउने तन्नेरीको संख्यामा”

“वृद्धि भैरहेको छ । पोखराकी, २४ वर्षिया ठिटी गिविना मगर एक प्रतिनिधि पात्र हुन् जो टीकटकलाई सामाजिक हितमा प्रयोग गर्न व्यस्त छिन् । उनका टीकटक पोस्ट चर्चामा छन् ।”

“अधिकांशले यसलाई इन्टरटेनमेन्टको माध्यम बनाएको बेला गिविनाले भने यसलाई सामाजिक हितमा प्रयोग गरेकी छिन् ।”

“हजारौं लाइक र कमेन्टमार्फत, प्रयोगकर्ताले उनको टीकटक समाजसेवालाईरुचाएका, छन् । धेरैल कलियुगकी भगवान,को उपमा समेत, दिएका छन् । पेशाले शिक्षिका समेत रहेकी छिन।”

तपाईको प्रतिक्रिया