“मञ्च निर्माणमा, मात्रै ५० लाख, रुपियाँ, खर्च” कहाँ कहाँ के-के बनाइदैछ हेर्नुस्।
2021, November 24th, Wednesday

हाम्रो खबर संबाद दाता

“चितवन । चितवनमा सम्पन्न हुन गइरहेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई अहिलेसम्मकै भव्य र आकर्शक बनाउने भएको छ ।महाधिवेशनको उद्घाटनदेखि बन्द सत्र र आवासमा समेत विषेध ध्यान दिएर सम्पन्न गर्ने तयारी रहेको छ ।”

“एमालेले चितवनको नारायणगढ र सौरामा गरेर दुइ स्थानमा महाधिवेशनको कार्यक्रम गर्दै छ । मंसिर १०, ११ र १२ गते हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारलाई रोजेको छ भने बन्दसत्र निर्वाचनको कार्यक्रम सौराहामा हुदैछ ।उद्घाटन सत्रलाई विशेष ध्यान दिएर अझ आकर्षक बनाउने भएको छ ।”

“उद्घाटन मञ्चको निर्माण र सजावटमा मात्रै ५० लाख रुपियाँ खर्च लाग्ने मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले जानकारी दिनु भयो । मञ्चलाई मञ्चलाई अत्याधुनिक तरिकाले निर्माण गरिदैछ । ‘हामीले यस पटक अहिलेसम्मकै आकर्शक मञ्च बनाउने तयारी गरेका छौ ।”

“वुटवलमा भएको आठौ महाधिवेशन भन्दा धेरै आकर्शक तरिकाले मञ्च निर्माण गरिदैछ’ श्रेष्ठले भन्नु भयो ।एक सय २० फिट लम्वाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुनेछ । जसमा चारवटा खण्ड रहनेछन् । मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरु बस्नेछन् ।”

“त्यसपछि दायाँ र वायाँ भएको भागमा केन्द्रीय सदस्यहरु बस्नेछन् । मञ्चको अगाडि रहेको भागमा कालकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकैपटक ७२ जना कलाकारहरुको आर्केस्ट्रा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइने छ ।”

“मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीहरुलाई राखिनेछ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ ।महाधिवेशन स्थल र बजारका मुख्य चोकहरु पुलचोक, लायन्सचोकलगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिनेछ ।”

“त्यसबाट सहभागीहरुले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्नेछ । कार्यक्रमको लाइभ प्रशारण गर्ने व्यवस्था गरिएको छ ।दुइवटा ड्रोन क्यामराले खिच्नेछन् ।कार्यक्रमलाई थप आकर्शक बनाउनको लागि सेल्फी स्थल र स्थायी संरचना निर्माण गरिनेछ । नदी किनारमा गैंडाको मुर्ती निर्माण गरिने तयारी रहेको छ ।”

“एकै पटक दुइहजार भन्दा धेरै जना अट्ने अस्थायी हल (पण्डाल) निर्माण गरिएको छ । बन्दसत्र सौराहाको सेवेन स्टार होटल नजिक पण्डाल निर्माण गरिएको हो ।पार्टी अध्यक्ष, पदाधिकारी र विशिष्ट व्यक्ति बस्नको लागि मञ्च र प्रतिनिधिहरुको लागि ठुलो हल निर्माण गरिएको छ ।”

“त्यही हलमा अधिवेशन र निर्वाचनका कार्यक्रमहरु सञ्चालन हुने मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले जानकारी दिनु भयो । ‘हामीले उद्घाटन सत्रको र वन्द सत्रको कार्यक्रमलाई व्यवस्थित पारेका छौ’ श्रेष्ठले भन्नु भयो ‘ प्रतिनिधिहरुको लागि कुनै असुविधान हुने वातावरण गर्ने छैनौ ।”

“अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि विभिन्न १२ वटा समिति मार्फत काम भइराखेको छ । अधिवेशनका लागि सौराहाका होटलमा तीन हजार ५ सय वेड बुक गरिएको छ ।””

तपाईको प्रतिक्रिया