“अब लघुवित्त कम्पनीहरु,ले पनि सेयरमा, लगानी,गर्न नपाउने”
2021, November 23rd, Tuesday

हाम्रो खबर संबाद दाता

“अब लघुवित्त, कम्पनीहरुले पनि सेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै लघुवित्त कम्पनीहरुलाई कुनै पनि ,संस्थाको सेयरमा लगानी गर्न प्रतिबन्ध लगाएको हो ।

“सेयर मात्रै ,नभई डिवेन्चर (ऋणपत्र) तथा म्युचुअल फण्ड (सामुहिक लगानी कोषका योजना)मा पनि लगानी गर्न नपाउने भएका छन् । हाल यसरी लगानी भएको खण्डमा २०७९ असार मसान्तभित्र विनिवेष गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।”

निर्देशनमा, भनिएको छ ‘संस्थाले, संगठित संस्थाको सेयर, डिवेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ असार मसान्तभित्र विनिवेष गरिसक्नुपर्नेछ ।’

त्यस्तै लघुवित्त संस्थाले, यसअघि धितोपत्र विनिमय बजारमा सूचीकृत भइनसकेको कुनै संगठित संस्थाको सेयर तथा डिवेञ्चरमा लगानी ,गरेको भएमा उक्त सेयर तथा डिवेञ्चरमा लगानी भए बराबरको रकम लगानी समायोजन कोषमा जम्मा गर्नुपर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिवेञ्चर सूचीकृत वा विनिवेष नभएसम्म अन्य प्रयोजनमा उपभोग गर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया