;कञ्चनपुर,मा जिल्ला सभापति, नै “महाधिवेशन प्रतिनिधिमा, पराजित”
2021, November 23rd, Tuesday

हाम्रो खबर संबाद दाता

“कंचनपुर । नेपाली का‌ंग्रेस, कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा, पराजित भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा, बोहरा पराजित भएका निर्वाचन समितिले जनाएको छ ।,

“उनी पूर्व मन्त्री रमेश लेखक निकट मानिन्छन् । महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेसँगै जिल्ला सभापतिमा पुनः दोहोरिने बोहरा,को, आकांक्षामा धक्का लागेको छ । विधान,अनुसार अब उनी जिल्ला सभापतिमा उम्मेदवारी दिन पाउने छैनन् । महधिवेशन प्रतिनिधिमा, बोहरा हारेपनि, एनपी साउद निकट,मानिने बहादुरसिंह थापा भने विजयी भएका छन् ।”

“यस्तै जिल्ला उपसभापति र सचिवले पनि महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेका छन् । प्रचारप्रसार विभागका प्रमुख चक्रबहादुर महताकाअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उपसभापति बन्धु राना र क्षेत्र नम्बर ३ बाट सचिव ईश्वरी जोशी पराजित भएका हुन् । जोशी नेता रमेश लेखकका प्रमुख स्वकीय सचिव पनि हुन् ।”

“तीनवटै निर्वाचन,क्षेत्रमा महाधिवेशन, सम्पन्न”

“नेपाली कांग्रेसले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा महाधिवेशन,, सम्पन्न गरेको छ । मत परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा एनपी साउँद र क्षेत्र नम्बर ३ मा रमेश लेखक निकटका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।”

कांग्रेस कञ्चनपुरको, प्रचारप्रसार, विभागका प्रमुख चक्रबहादुर महताका, अनुसार क्षेत्र नम्बर १ मा हरि चन्दलाई पराजित गर्दै गोपी उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ मा नवराज जोशीलाई,पराजित गरेर लालबहादुर सिंह सभाभापति निर्वाचित भएका छन् । उनीहरु दुबै एनपी साउद,निकट हुन् ।”

“निर्वाचन क्षेत्र नम्बर ३ मा गणेश नेगीलाई पराजित गरेर केशब चन्द प्यानलसहित, सभापतिमा निर्वाचित भएका छन् । उनी नेता, लेखक निकट हुन् । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर, देउवा निकट रहेका नेता लेखक र साउदबीच जिल्लामा भने महाधिवेशनमा कडा प्रतिस्पर्धा भएको थियो ”

“क्षेत्र नम्बर १ मा भने नेता दिवानसिंह विष्टले साउदलाई साथ दिएका थिए ।”

तपाईको प्रतिक्रिया