हार्दिक बधाई-ट्याङ्कीमा लुकाइएको श’व फेला पारेका प्रहरी नायब उपरीक्षक कार्कीलाई सर्वोत्कृष्ट प्रहरीको सम्मान,,,
2021, November 23rd, Tuesday

admin

झापा-छिमेकीको ह¥त्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त प¥क्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको स¥र्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले आज कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त स¥म्मान तथा पुरस्कार दिएको हो । गौरादह नगरपालिका–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ गत कात्तिक ११ गतेदेखि हराइरहेका थिए । परिवारले उहाँको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो ।

तलास गर्ने क्रममा स्थानीयवासी महमद सद्दामको घरबाहिर शौचालयको सेफ्टी ट्याङ्कीभित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मियाँको शव कात्तिक २६ गते भेटिएको थियो ।

सो घटनाको सफल अनु¥सन्धान गरी अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएका प्रहरी नायब उपरीक्षक कार्कीले आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नाग¥रिकसमक्ष प्रहरीको छवि उच्च बनाएको प्रदेश प्रहरी कार्यालयले उक्त उपाधि घोषणा गर्दै आज जनाएको छ ।

सर्वोत्कृष्ट प्रहरी घोषित का¥र्कीको उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स पोस्टर १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नं प्रदेशअन्तर्गत रहेका प्रथम श्रेणीका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने भएको छ ।

प्रहरी कर्मचारीहरुको म¥नोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं प्रदेशभरिका प्र¥हरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।-(रासस)

तपाईको प्रतिक्रिया