“धुर्मुस ब्याक भए पछी ,गौतमबुद्ध,अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला, बनाउने जिम्मा, सरकारले लियो “
2021, November 22nd, Monday

हाम्रो खबर संबाद दाता

“धुर्मुस ब्याक भए पछी ,गौतमबुद्ध,अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला, बनाउने जिम्मा, सरकारले लिने”

“चितवन, मंसिर ५ । अर्थमन्त्री, जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको, छ । आइतबार भरतपुर विमान स्थलमा, पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो ,कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको ,भनाई थियो ।”

“बजेट दिने नदिने विषयमा, अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्शमा पुग्ने तर अल पत्र हुन नदिने उहाँको भनाई छ । सरकारले, स्वामित्व लिने नलिने भन्नेवारे आफू एक्लैले भन्न नसक्ने तर निर्माण हुँदा बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माको भनाई थियो ।”

“यो पनि:-“प्रधानमन्त्रीले, भवन उद्घाटन गर्नुभएको, हो, अनुमति लिएर मात्रै टीभी, चलाउँछाैँ : पतञ्जली नेपाल”

“काठमाण्डाै – पतञ्जली योगपीठले आस्था नेपाल र पतञ्जली  टेलिभिजन च्यानल दर्ताविना सञ्चालन नगरेको स्पष्ट पारेको छ ।”

“भारतीय याेगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली ग्रुपले नेपालमा दर्ताविना नै टीभी च्यानल सञ्चालन गर्न लागेको भन्ने आरोपबारे स्पष्ट पार्दै पतञ्जली योगपीठले टीभी प्रसारण नगरिएको र प्राविधिक तयारीको क्रममा मात्र रहेको जनाएको हो । प्रधानमन्त्रीको उपस्थितिमा टेलिभिजनको भवन मात्रै उद्घाटन गरिएकाे विज्ञप्तिमार्फत पलञ्जली योगपीठले जनाएको छ ।”

“सञ्चालक समितिको बैठकले टीभी सञ्चालनसम्बन्धी निर्णय गरी गएको असोज ८ गते कम्पनी रजिस्टारकाे कार्यालयबाट प्रमाणीकरण लिइएको योगपीठले जनाएको छ । सरकारको नीति, नियम र कानुनको अधिनमा रही नियमअनुसार अनुमति पाएपछि मात्र टीभी सञ्चालन हुने योगपीठले जनाएको छ ।”

“आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले भ्रामक सूचना प्रसार नगर्न आग्रह गरेको छ ।”

तपाईको प्रतिक्रिया