“मलाइ पद लिनु र नलिनुसँग मतलव छैन”- नेता भुसाल
2021, November 22nd, Monday

admin

काठमाडौं ।नेक¥पा एमाले सैद्धान्तिक नेताका रुपमा घनश्याम भुसाल चिनिनुहुन्छ । प्राय संस्थापनको विपक्षमा बेलाबेला अभिमत प्रक्ट गरेर,कम्यूनिष्ट पार्टीले सिद्धान्त छोड्दै गएको भन्दै चिन्ता गरेर आम सञ्चाार माध्यममा छाइरहने भुसाल यसपाली महाधिवेशनको मुखमा पनि प्रतिक्रियाबिहिन हुनु भएको छ ।

केही दिन अघि कान्तिपुर दैनि¥कमा लामो लेख लेखेरका भुसालले आज एउटा भिडियो अन्तर्वार्ता दिनुभएको छ ।१० औं महा¥धिवेशन केन्द्रीत भएर एमाले प्रचार विभागले सुरु गरेको भिडियो अन्तर्वार्तामा भुसालले आफूलाई पद पाउनु र नपाउनुसँग सरोकार नभएको बताउनुभएको छ । भुसालले आन्दोलनप्रतिको आफ्नो प्रतिवद्धता नैतिक भएको बताउनुभएको छ।

‘आन्दोलनप्रतिको मेरो प्रतिवद्धता नितान्त नैतिक हो, म त्यो दावी गर्छु,’ भुसालको भनाइ छ, ‘पद लिनु, नलिनु, केही हुनु, नहुनुसँग मलाई मतलव छैन् । प्रतिवद्धताका सा¥थ म निरन्तर सक्रिय रहन्छु।’

यद्यपि एमालेको नेता हुनका लागि के कस्तो योग्यता चाहिन्छ भन्ने मापदण्ड बनाउनुपर्नेमा भने उहाँ¥को जोड छ। ‘नेकपा एमालेको नेता हुनका लागि के(के योग्यता चाहिन्छ भन्ने एउटा मापदण्ड बनाम। सबै मिलेर पास गरौं । त्यो योग्यता कसको छ भनेर ल दावी गरौं भनेर भनम। दुनि¥याँले प्र¥ष्टै देखिहाल्छ नि कसमा त्यो योग्यता छ भनेर।’

तपाईको प्रतिक्रिया