अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने,,
2021, November 22nd, Monday

admin

काठमाडौँ ६ मंसिर-अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मु¥द्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो ।

राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्र¥तिवेदन आ¥इतवार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १० दशमलव ३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ ।यसैगरी मिडियन औसत मूल्यवृद्धि भने ९ प्र¥तिशत पुग्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

आगामी ३ महीनामा नेपालको मिन (औसत) मूल्यवृद्धि भने ९ दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा छ । सोही अवधिमा मिडियन मूल्यवृद्धि भने ८ प्रति¥शत पुग्ने अपेक्षा गरेको सर्वेक्षणले देखाएको छ ।सर्वेक्षणले अवको ३ महिनामा अर्थात् चालू आवको दोस्रो त्रैमासमा मूल्यवृद्धि त्यस बराबर पुग्ने देखाएको हो ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान वि¥भागका प्रमु¥ख तथा कायकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले सर्वेक्षणमा जनताले मूल्यवृद्धिको अपेक्षा गरेको बताए ।बजारका ग्राहकहरूले दिएको जवाफको आधारमा यस्तो मूल्यवृद्धिको अपेक्षा गरेको देखिएको उनको भनाइ छ । –आर्थिक अभियान दैनिकबाट

तपाईको प्रतिक्रिया