नेपाल आई अ¥वैध रूपमा बसोबास गरिरहेका विदेशीलाई देश निकाला,,,,
2021, November 22nd, Monday

admin

काठमाडौं ।पछिल्ला ८ वर्षमा सर¥कारले विभिन्न देशबाट नेपाल आई अ¥वैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको त¥थ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।

त्यसैगरी २ सय १४ अमे¥रिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट नि¥ष्कासित भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

विभिन्न अपराधमा संलग्न भए¥का, भिसाको म्यान गुज्रि¥सकेका र शङ्कास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ । यो वर्ष मात्र भिसा सकिएर बस्ने सयभन्दा बढी विदे¥शी नागरिकलाई देश निकाला गरिएको छ ।

तपाईको प्रतिक्रिया