“सर्वसम्मत ),अध्यक्ष बन्ने ओली,को, सपना चकनाचुर !”
2021, November 21st, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज पत्रकार सम्मेलन नै गरेर अध्यक्षमा उठ्ने घोषणा गरेसंगै १० औं महाधिबेशनबाट सर्वसम्मत दोश्रो पटक नेकपा एमालेको अध्यक्ष बन्ने केपी शर्मा ओलीको योजना चकनाचुर भएको छ ।”

“अब नेकपा एमालेको अध्यक्ष बन्न भीम रावल र केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । धेरैले एमालेमा केपी शर्मा ओलीसंग प्रतिस्पर्धा गर्ने व्यक्ति नभएको टिप्पणी गरिरहदा भीम रावलले एमाले अध्यक्षमा उठ्ने घोषणा गरेका छन”

“भीम रावलले लामो समय, माधब नेपालको साथमा रहेर राजनीति गर्दै आएका थिए । तर माधब नेपालले एमालेबाट बिद्रोह गरेर नेकपा, एकीकृत समाजवादी निर्माण गरेर आफै अध्यक्ष बनेका छन ।”

“१० बुदे कार्यन्वयन गर्ने सहमति पछि नेकपा एमालेमै रहने निर्णय गरेका भीम रावल अहिले आफ्नो राजनीति इतिहासकै अफ्टेरो र कमजोर अवस्थामा छन । आफ्ना धेरै कार्यकर्ता अहिले नेकपा एमाले छाडेर माधब नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन ।”

“नेकपा एमालेमा माधब नेपाल रहदा भीम रावल प्रभावशाली र शक्तिशाली नेताका रुपमा रहेको तथ्यले पनि बुझाउने गर्थो तर अहिले माधब नेपालसंगै धेरै कार्यकता लागेपछि उनी पहिलेको जस्तो मजबुत छैनन ।”

“केपी शर्मा ओली पक्षले आफुखुशी महाधिवेशन प्रतिनिधि छानेको भन्दै पछिल्लो समय भीम रावलले समानन्तर गतिबिधि गर्दै आएका छन ।”

“कतिपयले भीम रावल एमालेमा बस्ने निर्णय गरे जस्तो गरेर ओली गुटमा लागेको आरोप लगाउने गरेका थिए तर त्यो आरोपलाई भीम रावलले गलत साबित गरिदिएका छन ।”

तपाईको प्रतिक्रिया