“केपी ओलीको, प्रतिमासहित, युवासंघले गर्‍यो काठमाडौंमा, मोटरसाइकल, र्‍याली !”
2021, November 20th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं “नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष केपी शर्मा ओलीको प्रतिमासहित युवासंघको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ।”

“ललितपुरको बालकुमारीबाट सुरु भएको र्‍याली लगनखेल—जाउलाखेल—माइतीघर—बिजुली बजार हुँदै क्वालिटी ब्याङ्क्वेटसम्म पुगेको थियो ।”

“र्‍यालीपछि क्वालिटी ब्याङ्क्वेटमा विशेष सभाको आयोजना गरिएको छ । आयोजित कार्यक्रममा समारोहलाई नेता महेश बस्नेतलले सम्बोधन गरेका छन् ।”

“एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यमा तयारी प्रचार प्रसारलाई तीब्रता दिइएको छ ।”

“काठमाडौंमा मात्र नभएर देशभर महाधिवेशनको प्रचार प्रसार भइरहेको नेकपा एमाले प्रचार विभागले जनाएको छ ।”

तपाईको प्रतिक्रिया