“एमालेकाे महाधिवेशनमा माछा, र मासु नटुटाइने, विशेष भोज ,ओलीले खुवाउने” (मेनुसहित हेर्नुस् )
2021, November 20th, Saturday

हाम्रो खबर संबाद दाता

“चितवन । आगामी, मंसिर १० देखि १२ सम्म चितवनमा, नेकपा एमालेको, १० औँ महाधिवेशन भव्य रुपमा गर्न लागिएको छ । महाधिवेशनमा उपस्थित, सबैका लागि गाँस, बाँसको दरिलो, व्यवस्था गरिएको छ ।”

“तीन दिने महाधिवेशनको पहिलो विशेष भोज अध्यक्ष केपी शर्मा ओलीले खुवाउने बताइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुँदैछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र भव्य रुपमा आयोजना गरिएको छ ।”

“बन्द सत्रका लागि भनेर होटेलका ३५ सय बेड अग्रिम बुकिङ गरिएको छ । बन्द सत्रको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूलाई निमन्त्रणा गरिएको छ ।”

“बन्द सत्रका लागि भनेर होटल सेभेन स्टारमा सबैका लागि तीन छाक खानाको व्यवस्था भएको छ भने दुई छाक खाना भने बस्ने होटेलमै व्यवस्था गरिएको छ ।”

“खानाको तालिका यस्तो छ :”

“पहिलो विशेष भोज : मंसिर १० गते बेलुकी एमाले अध्यक्ष ओलीको तर्फबाट विशेष खानाको व्यवस्था ।”

“बन्द सत्रको तीन छाक खानामा १०÷१० प्रकारका खानाको आइटमहरु रहेका छन् । प्रत्येक छाकमा खसीको मासु, कुखुराको मासु र माछा अनिवार्य राखिएको छ ।”

“पहिलो छाक : सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल।”

“दोस्रो छाक : सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना ।”

“अन्तिम वा तेस्रो छाक : सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई।”

तपाईको प्रतिक्रिया