“माओवादी,बाट एमाले प्रवेश, गर्ने नेताहरु,को ‘लोभले लाभ, लाभले विलाप’ !
2021, November 20th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प अध्यक्ष र सर्वसम्मतिबाट पदाधिकारी चयन गर्ने तयारीमा रहेका बेला नेताहरुको आकंक्षा चुलिएको छ ।”

“सबैलाई मिलाएर नेतृत्व चुन्नुपर्ने बाध्यता पनि ओली सामू छ । तर पार्टीभित्र अस्तित्वमा रहेको तीन समुह मध्ये पूर्वमाओवादीको स्थान के हुन्छ भन्ने चासो राजनीतिक वृत्तमा छ ।”

“आगामी महाधिवेशनमार्फत नेतृत्व चयनमा अघि बढेको एमालेमा हाल तीन मनोविज्ञान हाबी छन् । पहिलो, एमालेभित्रको रैथाने संस्थापन पक्ष । जसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।”

“दोस्रो, पार्टीभित्र रैथाने भएर पनि सधैं असन्तुष्टिकै चाङमा उभिएको १० बुँदे सहमति कार्यान्वयनको पक्षधर समुह ।”

“जसमा माधव नेपालबाट अलग्गीएर एमालेमै रोकिएका भीम रावलसहितका नेताहरु छन् । र तेस्रो पक्ष, पूर्वमाओवादी नेताहरु ।”

“नेकपा विभाजनपछि प्रचण्डलाई छोडी ओलीतिरै गाभिएको उनीहरु माओवादी र एमाले एकिकरणपछि बनेको नेकपाकै स्वरुप एमाले भएको भन्दै चित्त बुझाइरहेका छन् । आगामी महाधिवेशनमा उनीहरुले कुन स्थान पाउँछन् चासोका साथ हेरिएको छ ।”

“पार्टीभित्रको असन्तुष्ट पक्षको उपेक्षा गरेरै भएपनि पूर्वमाओवादीलाई अघि बढाउन ओली इच्छुक देखिन्छ । तर १० औं महाधिवेशनमा ओलीले उनीहरुलाई कुन स्थानमा राख्छन् सुरक्षित छैन ।”

“पूर्वमाओवादी समुह भने अध्यक्ष ओलीसंगकै सहकार्यमा धेरैभन्दा धेरै पद प्राप्तीको लाइनमा छन् । यद्यपी महाधिवेशन प्रतिनिधि छनौटमा ओलीको आशातित साथ नपाएपछि उनीहरु झस्किएका छन्”

“पूर्वमाओवादी केन्द्रका नेताहरूको चाहना र दाबी पदाधिकारीमा छ । रामबहादुर थापाले वरिष्ठ उपाध्यक्षमा, टोपबहादुर रायमाझीले उपाध्यक्ष, मणि थापा र लेखराज भट्टले सचिवमा दाबी गरेका छन् ।”

“ओली सम्मानजनक तरिकाले अघि बढे प्रभु शाहले स्थायी समिति सदस्यमा नभए पदाधिकारीमै भिड्ने घुर्कि लगाइरहेका छन् ।”

“कम्तीमा पनि २५ जना आफ्नो पक्षका नेता केन्द्रीय कमिटीमा सुरक्षित, हुनुपर्ने उनीहरुको दाबी छ । जसका लागि ओली तयार भए ठिक, नभए फरक ढंगले सोच्ने चेतावनी दिइरहेका छन् ।”

“तर वरिष्ठ उपाध्यक्षसहितका,पदाधिकारीमा ओली समुहभित्र पनि विश्वासपात्र मानिएका सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल र विष्णु पौडेलले जोडघटाउ गरिरहेका छन् । जुन पूर्वमाओवादी नेताका लागि थप चुनौतीको विषय हो ।”

तपाईको प्रतिक्रिया